२४ श्रावण २०७८, आईतवार   151 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्स कम्पनीले निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने आज आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २० गते देखि साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । 

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार देखि जारी भएको साधारण शेयरमा शुक्रबार सम्ममा माग भन्दा ५.५५ गूणा धेरै आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो । जसमध्ये ५% अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५% सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले  सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन् । 





सम्बन्धित समाचार