२३ श्रावण २०७८, शनिबार   264 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय गरेको थियो ।

को’रोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।





सम्बन्धित समाचार