२३ श्रावण २०७८, शनिबार   336 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो ।

बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

नतीजा थाहा पाउन SEE स्पेस सिम्बोल नम्बर टाईप गरी 34949,31003,35001 मा SMS बाट नतिजा थाहा पाऊंन सकिने जनाएको छ । त्यसै गरी www.see.gov.np,www.neb.gov.np ,www.see.ntc.net.np,www.ekantipur.com बाट पनि नतिजा थाहा पाऊन सकिने भएको छ ।





सम्बन्धित समाचार