२२ श्रावण २०७८, शुक्रबार   210 पटक हेरिएको


image

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन ११ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको  ऋणपत्रको बाँडफाँड गरिएको छ ।

बैंकले ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नामक १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 

यस बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको  छ । 





सम्बन्धित समाचार