२० श्रावण २०७८, बुधबार   265 पटक हेरिएको


image

रिभर फल्स पावर कम्पनीले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ताको ३४ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर  जारी गर्ने भएको हो ।

उक्त शेयर जारी गर्ने यस हाईड्रोपावर कम्पनीले नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत साउन १३ गते निबेदन पेश गरेको छ ।  यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस हाईड्रो पावर कम्पनीको शेयर निष्काशन सम्बन्धी सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन ।

रिभर फल्स पावरले संखुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ६०% भन्दा बढ़ी काम सम्पन्न भएको जनाइएको छ ।





सम्बन्धित समाचार