PalikaExpress
२० श्रावण २०७८, बुधबार
602 पटक हेरिएको

रिलायबल लाईफ इन्सुरेन्स लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।यस लाईफ इन्सुरेन्सले ६०,००,००० कित्ता शेयरको १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।

शेयर निष्काशनको लागि कम्पनीले गत साउन १२ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ।नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकित मूल्य रु. १०० मा ११२ रुपैयाँ प्रिमियम थिपेर २१२ रुपैयाँ प्रतिकित्ता दरले साधारण शेयर निष्कासन गर्नेछ।
जसअनुसार कम्पनीले कुल ६० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।