२० श्रावण २०७८, बुधबार   258 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडले साउन २० गते आजबाट सर्व-साधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।इन्सुरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० लाख कित्ता शेयरमा ५% अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५% सामूहिक लगानी कोषहरुलाई छुट्ट्याईएको छ भने बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

यस इन्सुरेन्स कम्पनीले कुल जारी पूँजीको ३०% साधारण शेयर जारी गर्न लागेको हो। इन्सुरेन्सको उक्त साधारण शेयरमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस इन्सुरेन्स कम्पनीको साधारण शेयरमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर एपबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

दिनहुँ जसो नयाँ नयाँ लगानीकर्ता बढे संगै बजार मा उत्साह थपिएको छ त्यसकारण लगानीकर्ताले न्यूनतम कित्ताको लागी नै आबेदन दिंदा उपयुक्त हुन्छ ।





सम्बन्धित समाचार