१९ श्रावण २०७८, मंगलवार   453 पटक हेरिएको


image

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन १९ गते बाट संस्थापक समूहको सेयर लिलाम बोलकबोल गरी बिक्री खुल्ला गरेको छ । बैंकले (१,०५,०४१ कित्ता )एक लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बोलकबोल गरी बिक्री गर्न लागेको हो लगानीकर्ताले आज साउन १९ गते देखि भाद्र २२ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर(रु.३२५) तिन सय  पच्चीस मात्र रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आबेदनमा हितग्राही खाता र बैंक खाता अनिबार्य उल्लेख गर्नु पर्ने जनाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड काठमाडौँमा  भाद्र २२ गते सम्म गरी आवेदन दर्ता गर्नु पर्ने छ ।





सम्बन्धित समाचार