१९ श्रावण २०७८, मंगलवार   298 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको आबेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको  दरमा ४ लाख कित्ता को ४ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आवेदन दिन सक्ने जनाएको थियो।सो समयावधि भित्र पर्याप्त आबेदन परेको कारण आज बैंकिंग समय पश्चात बन्द रहने जनाएको छ।

कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको साधारण शेयरमा माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तथा  अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट आवेदन दिन सकिने छ ।





सम्बन्धित समाचार