१९ श्रावण २०७८, मंगलवार   365 पटक हेरिएको


image

कुमारी बैंक KBL बाट प्रवर्द्धन गरिएको कुमारी क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी इक्विटी फण्ड”ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।

कुमारी क्यापिटल लिमिटेडको श्रावण १७ गते बसेको सञ्चालक समितिको बैठकले आ. व.२०७७/०७८ को लागि यस योजनाको इकाईधनीहरूलाई ५% नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । 

कुमारी इक्विटी फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसकारण श्रावण २४ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरलगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार