१८ श्रावण २०७८, सोमबार   696 पटक हेरिएको


image

मकर जितुमाया सुरि हाइड्रोपावर  लिमिटेडले साधारण शेयर (Initial Public Offering ,IPO) निष्कासन गर्ने भएको छ । यस हाइड्रो पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने बिशेष प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

हाइड्रोपावरले प्रभु क्यापिटल लिमिटेडलाई साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।हाइड्रोपावर  कम्पनीको यही  श्रावण ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको साधारण सभा श्रावण २४ गते काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसै साधारण सभाले साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख कित्ताको ३०% अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ ।

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्व-साधारणका लागि १५ लाख २० कित्ता शेयर निष्काशन गर्नेछ ।





सम्बन्धित समाचार