१७ श्रावण २०७८, आईतवार   319 पटक हेरिएको


image

युनियन लाईफ इन्सुरेन्स लिमिटेड ULI को शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। आइतबार साऊन १७ गते  यस लाईफ इन्सुरेन्स कम्पनीको २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस लाईफ इन्सुरेन्स कम्पनीले सर्व-साधारणलाई निष्काशन गरेको ६४ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड ५० लाख ५० हजार कित्ता शेयर समेत गरी २ करोड़ १५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ११५.१३ रुपैयाँ देखि ३४५.३९ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। अब नेप्से सूचीकृत भए संगै यस कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिने भएको छ।





सम्बन्धित समाचार