
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको आबेदन भर्ने म्याद थपिएको छ ।यसअघि कम्पनीले सूचना जारी गर्दै सबै बिक्री भएमा साउन १७ गतेसम्म र उक्त दिईएको समय अवधिभर बिक्री नभएमा साउन ३२ गतेसम्म दिन पाइने भनिएको थियो । अहिले जलविद्युत कम्पनीको साधारण शेयर सबै बिक्री सकेको छ ।

तर आयोजना प्रभावित स्थानीयहरुले शेयरको आबेदन भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेको जानकारी प्राप्त भएको छ । अब समय थप संगै यस कम्पनीको साधारण शेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
जसमध्ये ३०% अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७०% अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
उक्त साधारण शेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।