१७ श्रावण २०७८, आईतवार   252 पटक हेरिएको


image

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको   लाभांश घोषणा गरेको छ ।

यी तिनवटा म्युचुअल फण्डको  योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको यही श्रावण १५ गते बसेको सञ्चालक समितिको ९३ औ बैठकले एनआईसी एशिया ग्रोथ फण्ड (NIC ASIA Growth Fund ), एनआईसी एशिया ब्यालेन्सड् फण्ड (NIC ASIA Balanced Fund)र एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड (NIC ASIA Dynamic Debt Fund)को लाभांश घोषणा गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताहरुलाई ३०% (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका लगानीकर्ताहरुलाई १०% (कर सहित) वितरण गर्ने गरी लाभांश घोषणा गरेको  छ ।





सम्बन्धित समाचार