१६ श्रावण २०७८, शनिबार   320 पटक हेरिएको


image

साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यही श्रावण १४ गते अनुमति दिएको हो  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  १ करोड ५ लाख कित्ता साधारण शेयरको १ अर्ब ५ करोड रुपैयाँ बराबरको निष्कासन गर्न निवेदन पेश गरेको थियो ।

उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।यस साहस उर्जा कम्पनिको साधारण शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने जनाएको छ ।

यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबीं रेटिङ पाएको छ ।





सम्बन्धित समाचार