PalikaExpress
१५ श्रावण २०७८, शुक्रबार
963 पटक हेरिएको

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । नेपाल धितोपत्र बोर्डले यही श्रावण १४ गते साधारण शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण शेयरको १२ करोड रुपैयाँ बराबरको निष्कासन गर्न निवेदन पेश गरेको थियो। यस हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय जनता र सर्वसाधारणहरूका लागि साधारण शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागी सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्ने जनाएको छ ।