१५ श्रावण २०७८, शुक्रबार   260 पटक हेरिएको


image

न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । नेपाल धितोपत्र बोर्डले यही श्रावण ११ गते साधारण शेयर निष्कासन गर्न अनुमति दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० लाख ५० हजार कित्ता साधारण शेयरको ४० करोड ५० लाख रूपैयाँ बराबरको निष्कासन गर्न निवेदन पेश गरेको थियो । 

कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने जनाएको छ ।





सम्बन्धित समाचार