PalikaExpress
१५ श्रावण २०७८, शुक्रबार
474 पटक हेरिएको

इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर निष्काशनको अनुमतिको लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्न असार १७ गते बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्ने छ । कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।