१४ श्रावण २०७८, बिहीबार   406 पटक हेरिएको


image

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेबाट साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि बिक्रि खुल्ला गर्ने भएको हो । 

यस पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ३० हजार कित्ताको १२ करोड ३० लाख रूपैयाँ बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ।

निष्काशन गरिने कुल सेयरमध्ये ६०% अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अन्तरगत ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४०% अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।यस पावर कम्पनीको साधारण शेयरमा छिटोमा भदौ ४ गते र भने ढिलोमा भदौ २० गते सम्ममा आवेदन दिनुपर्ने छ ।

साधारण शेयरमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य  बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यस पावर कम्पनीको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको लागी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्ने जनाएको छ । कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । 





सम्बन्धित समाचार