१४ श्रावण २०७८, बिहीबार   378 पटक हेरिएको


image

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले  साउन १४ गते आजबाट सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ।यस जलबिधुत कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ताको ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गर्न लागेको कुल शेयर मध्ये २% अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५% अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणले लागि आवेदन दिन सक्नेछन्।कम्पनीको यस साधारण शेयरमा सर्वसाधारणले छिटोमा  साउन १८ गते र ढीलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने छन। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट  सि-आस्बा स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर एपबाट आवेदन दिन सकिनेछ।

यस जलविद्युत कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतमको लागी १० कित्ताको लागी आबेदन दिंदानै उपयुक्त हुने शेयर बजार जानकारहरु बताऊछन किन भने अहिले दिनदिनै शेयर बजारमा नयाँ नयाँ लगानीकर्ता भित्रिनेको संख्या बढेकोले र हाल सम्म डीम्याट खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढ़ी रहेकोले पनि धेरै कित्ताको लागी आबेदन उपयुक्त नहुने देखिन्छ ।





सम्बन्धित समाचार