१३ श्रावण २०७८, बुधबार   1134 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडले आजबाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । पावर कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गते सम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २,१५,५९९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

लगानीकर्ताले साउन १३ गतेबाट साउन २० गते सम्म शिलबन्दी बोलकबोल मुल्यमा बोलपत्र पेश गर्नुपर्नेछ ।उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो १०० रुपैया वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लि. काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार