१३ श्रावण २०७८, बुधबार   371 पटक हेरिएको


image

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ।यस हाईड्रोपावर कम्पनीको सञ्चालक समितिको साउन ११ गतेको बसेको बैठकले गरेको निर्णयानुसार विशेस सभा साउन २८ गते काठमाडौंमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।  

१. यस सभाले साधारण शेयर निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ। २. कम्पनीको उक्त साधारण शेयर निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारणका सम्बन्धमा राखिने प्रस्तावहरु पनि सभाले पारित गर्नेछ। ३. सभाले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको साधारण शेयरका सम्बन्धमा राखिने अर्को प्रस्ताव पनि पारित गर्नेछ। ४. साधारण शेयर निष्कासनका सम्बन्धमा नियमनकारी निकायको निर्देशन बमोजिमका कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 





सम्बन्धित समाचार