१३ श्रावण २०७८, बुधबार   510 पटक हेरिएको


image

नबिल बैंक लिमिटेडले साउन १० गते बाट ३० लाख कित्ताको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरिएको थियो । साउन १० गतेबाट निष्कासन गरिएको  उक्त ऋणपत्रमा छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गतेसम्मसम्म आवेदन दिन सकिने व्यवस्था बमोजिम छिटोमा साउन १३ गते सम्ममा माग बमोजिमको पर्याप्त आवेदन नपरेपछि साउन २४ गतेसम्मका लागि आवेदन दिने मिति लम्ब्याइएको हो ।

बैंकले  १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५% सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बैंकले ७ वर्ष अवधिको  ८% ब्याजदर रहेको ‘८% नबिल डिबेन्चर २०८५’  नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यस बैंक ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक काम हिमालयन क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।इच्छुक लगानीकर्ताले  ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले हिमालयन क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर एप मार्फ़त आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार