
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते देखि सर्व-साधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । संस्थाले निष्काशन गर्न लागेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर मध्ये चुक्ता पुँजीको ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५% अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई छूटाईएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुको छूटाईएको छ ।
संस्थाको उक्त साधारण शेयरमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
यस लघु बित्त संस्थाको साधारण शेयरमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्ने जनाएको छ ।