११ श्रावण २०७८, सोमबार   487 पटक हेरिएको


image

ज्योति विकास बैंक लिमिटेडले गत असार २० गतेदेखि असार ३० गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रको बाँडफाँड साउन ८ गते सम्पन्न गरेको  छ । यस बैंकको सो ऋणपत्रमा छिटोमा असार २३ गतेसम्म आवेदन दिन पाइने अबधिमा त्यस अबधि सम्म पर्याप्त आवेदन नपरेको हुनाले आवेदन म्याद थपिएको थियो ।

बैंकले १० वर्ष अवधिको लागि “ज्योति विकास बैंक बण्ड २०८७” नामक ऋणपत्र १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । 

यस बैंकको सो ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने जनाएको छ। जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता गरेको हो । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको हो ।  

९% ब्याज दिने १० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। यस ऋणपत्रको बाँडफाँड सम्बन्धी  परिणाम विवरण  लगानीकर्ताले मेरो शेयर एपबाट हेर्न सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।





सम्बन्धित समाचार