
देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।भोली सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । देशभर सामान्य बदलीको अवस्था छ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।
२०७८ साउन १० गते ( आईतबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन ११ गते ( सोमबार)
दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन १२ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती , गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।