PalikaExpress
१० श्रावण २०७८, आईतवार
999 पटक हेरिएको

मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (Initial Public Offering ,IPO) निष्कासन गर्ने भएको छ । यस हाइड्रो पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने बिशेष प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

हाइड्रोपावर कम्पनीको यही श्रावण ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको साधारण सभा श्रावण २४ गते काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।यसै साधारण सभाले साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।