१० श्रावण २०७८, आईतवार   1066 पटक हेरिएको


image

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक सम्हालेका मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक मोहम्मद अलमुताइरीले आइतबार सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् ।अहिले राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा जुटीरहेको अवस्थामा एक्कासी यस्तो निर्णय सामाजिक सञ्जाल मार्फ़त आएको छ   ।

अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको आरोप पनि लगाएका छन् ।अलुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो ।





सम्बन्धित समाचार