९ श्रावण २०७८, शनिबार   356 पटक हेरिएको


image

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  ८ लाख ५० हजार कित्ता  शेयरको ८ करोड ५० लाख रूपैयाँ बराबरको साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २४ नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।

यस लघु बित्त कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।संस्थाको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता  शेयरको ५ करोड़ २२ लाख रुपैया बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २० नेपाल धितपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

यस लघु बित्त कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।संस्थाको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।





सम्बन्धित समाचार