
किसान लघुवित्त वित्तिय संस्था KLBSL ले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यस लघु बित्त संस्थाले गत असार २९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो।

संस्थाले जारी गर्ने एफपिओको मूल्य १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो ।यस लघु बित्त संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान लघुवित्त वित्तीय संस्थाले थप मूल्यमा FPO निष्काशनका लागि रेटिङ सम्पन्न गराएको छ।
कम्पनीको FPO जारी गर्न रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी माइनस (डबल बी माइनस)’ रेटिङ प्रदान गरेको छ । यस सूचकले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व वहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको जनाउँछ ।