
काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सार्बजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ ।प्रशासन कार्यलयले शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो ।

यही २०७८ साउन ४ गते बसेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट हुने परीक्षार्थी तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ सो जारी सूचनामा भनिएको छ ।
साथै यात्रा गर्ने यात्रु महानुभाबहरुले अनिबार्य टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।