८ श्रावण २०७८, शुक्रबार   216 पटक हेरिएको


image

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हालै २०७८.०३.२४ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निवेदन पेश गरेको छ । अब कम्पनीले बोर्डबाट अनुमति प्राप्त पछि साधारण शेयर निष्कासन गरिनेछ ।

संस्थाले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

यस लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर लाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ ।संस्थाको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।





सम्बन्धित समाचार