८ श्रावण २०७८, शुक्रबार   333 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको  दरमा ४ लाख कित्ता को ४ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । अहिले कम्पनीको शेयरमा आवेदन दिने संकलन केन्द्र थप गरिएको छ , कम्पनीको साधारण शेयरमा माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तथा  अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट आवेदन दिन सकिने भएको छ ।





सम्बन्धित समाचार