
मध्य भोटेकोशी जलविद्युत कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर स्थानीयलाई निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही साउन ५ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुन साधारण शेयर : निष्कासन तथा बिक्री खुल्ला गरेकोमा हालसम्म ७ हजार ५ सय भन्दा धेरै आवेदकले आवेदन दिएका छन् ।
कम्पनीको शेयरमा साऊन ६ गते सम्ममा ७ हजार ५ सय ८६ जना आवेदकबाट १६ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७ सय ६१ कित्ताका लागि आवेदन परेको छ । उक्त कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आबेदन दिन सक्नेछं।
कम्पनी शेयर आबेदन दिने छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।