PalikaExpress
७ श्रावण २०७८, बिहीबार
1106 पटक हेरिएको

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा संक्रमण भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्। योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित रहेका छन्।