
मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते आजबाट रुपैया १००० अंकित १२ लाख ५० हजार कित्ताको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । यस कम्पनीको ऋणपत्रमा आबेदन छिटोमा साउन ११ गते र ढिलोमा २१ गते बैंकिंग समय सम्म रहने जनाएको छ।
बैंकले ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्र मध्ये ५% सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले यही असार ८ गते ‘७ बर्ष ,८.७५ % मुक्तिनाथ बिकास बैंक डिबेन्चेर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको हो।बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.७५% ब्याज पाउनेछन्।
यो ऋणपत्र अबधि ७ बर्ष को रहेको छ । यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।