
सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।अनुमति प्राप्त भए संगै कम्पनीले १२ लाख ३० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले बोर्डबाट यही असार ३१ गते शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको हो ।यस पावर कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको लागी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई तोकेको छ ।यस कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।अब अनुमति प्राप्त भएकोले कम्पनीले केही दिनमा शेयर निष्काशन तथा बिक्री गर्न खुल्ला गर्ने जनाएको छ ।