PalikaExpress
४ श्रावण २०७८, सोमबार
702 पटक हेरिएको

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर को रेटिङ सम्पन्न गरेको छ ।संस्थाको साधारण शेयर लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।
संस्थाले ५ लाख २२ हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड़ २२ लाख रुपैया बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । यस लघु बित्त कम्पनीले हालसम्म धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन ।
बोर्डमा निवेदन दिए पछि स्वीकृती प्राप्त गरेपछि साधारण शेयर निष्कासन गरिनेछ ।संस्थाले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ