३ श्रावण २०७८, आईतवार   593 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सलाई साधारण शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।बोर्डले यस लाईफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर निष्कासनको अनुमति दिएको हो ।

अब बोर्डको अनुमति प्राप्त भएबाट कम्पनीले साधारण शेयर निस्कासन गर्नेछ । यस इन्सुरेन्स कम्पनीले  गत जेठ ९ गते ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको थियो ।

इन्सुरेन्स कम्पनीको साधारण शेयरको निष्काशन तथा  विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार