
नबिल बैंक लिमिटेडले साउन १० गते बाट ३० लाख कित्ताको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।बैंकले १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेनेछ भने १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५% सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकले ७ वर्ष अवधिको ८% ब्याजदर रहेको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यस बैंक ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक काम हिमालयन क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।इच्छुक लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा आबेदन छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले हिमालयन क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर एप मार्फ़त आवेदन दिन सक्नेछन् ।