१ श्रावण २०७८, शुक्रबार   750 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले गत असार १० गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो ।

कम्पनीको जारी पूँजीमध्ये १०% अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई बिक्री गर्न लागेको हो । यस्तै गरी २०% अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर सर्व-साधारणलाई बिक्री गर्न छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आगामी साउन ५ गते देखि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा साधारण शेयरमा आवेदन दिन सक्ने छन । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको थियो । सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंक हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंक सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंक जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।

यस पावर कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार