१ श्रावण २०७८, शुक्रबार   355 पटक हेरिएको


image

लक्ष्मी बैंक लिमिटेडले गत असार २८ गते सोमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा पर्याप्त आवेदन नपरेको कारणले उक्त ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानीकोषको सहित सर्वसाधारणमा बिक्री गर्नेछ र १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्ने जनाएको हो ।सो ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएकोबाट ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो । बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र खुल्ला गरेको हो ।

उक्त ऋणपत्रको व्याजदर वार्षिक ८.५% हुनेछ । यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।  लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि  आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार