२७ असार २०७८, आईतवार   445 पटक हेरिएको


image

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्बसाधारण समूह तर्फको ४,३५,८९४ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले यही असार ९ गतेबाट असार १६ गतेसम्म लिलाम बढाबढ शिलबन्दी गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको हो ।उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू असार २१ गते खोली असार २४ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।बाँडफाँड गर्दा अन्तिम मूल्य रु.३८७.७१ पैसा कायम भएको थियो ।

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले शेयर पाउने छन् ।शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी असार २८ गते सोमबारदेखि आबेदकले आफ्नो  फाराममा उल्लेख गरेको बैंक तथा बित्तीय संस्थाको खातामा आईपीएस मार्फत पैसा फिर्ता गरिने भएको छ ।  यस कम्पनी उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको थियो । 





सम्बन्धित समाचार