२७ असार २०७८, आईतवार   242 पटक हेरिएको


image

नबिल बैंकको असार २० गते बसेको संचालक समितिको ५६८ औ बैठकले  नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पछि असार २७ गते आज बाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

यी दुबै कम्पनीले असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।यी दुई नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौता गत बैशाख १७ गते हस्ताक्षर भएको थियो। नबिलले युनाइटेडलाई १:०.३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

यसको अर्थ युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर हुने गरी पाउने भएका हुन । गत असार १५ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेपछि यी दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।





सम्बन्धित समाचार