PalikaExpress
२७ असार २०७८, आईतवार
544 पटक हेरिएको

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना (डिम्याट) हितग्राहीहरुलाई खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकबाट मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ. व. २०७७/०७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा रुपैया १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।

हितग्राहीहरुले एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू ,ई-सेवा , खल्ती ,आईएमई पे ,कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सक्नेछन् ।