२६ असार २०७८, शनिबार   237 पटक हेरिएको


image

गुराँस लाईफ इन्सुरेन्स लि. को संस्थापकहरुको शेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ ।  कम्पनीको छैठौ बार्षिक साधारण सभाबाट सो अनुपातलाई ५१:४९ कायम गर्ने बिशेष प्रस्ताब पारित भई सो बिषयमा बिमा समिति समक्ष राय सुझाब माग भएको र असार १४ गतेको पत्रबाट हाल कायम संस्थापक समूहको अनुपात हाल भईरहेको ७०% रहेकोमा ६०% मा कायम गर्ने भएकाले सोही अनुपातमा संस्थापकहरुको शेयर सर्वसाधारण शेयरमा परिणत गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सोही अनुसारको स्व:घोषणा गरी यस सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।





सम्बन्धित समाचार