PalikaExpress
२५ असार २०७८, शुक्रबार
481 पटक हेरिएको

एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ ।यस क्यापिटलले प्रति कित्ता मूल्य १० रुपैयाँ अंकितको १० करोड कित्ता निष्कासन गर्न नेपाल धितो पत्र बोर्डमा निवेदन पेश गरेको हो ।

क्यापिटलले “एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड” नामक म्युचुअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन गरेको छ । यस एनआईसी एशिया क्यापिटलले असार १० गते देखिअसार १४ गते सम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक प्रति कित्ता १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड कित्ताहरु बिक्री तथा निष्कासन गरेको थियो ।
यो बन्दमुखी योजना हो ।