२५ असार २०७८, शुक्रबार   491 पटक हेरिएको


image

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयरको बाँडफाँट अर्को हप्ता हुने भएको छ । साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार साधारण शेयरमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको छ । अहिले आबेदनको भेरीफाईको काम भईरहेको र सो काम सकिने लगतै १ साता सोमवार बाँडफाँट हुने भएको छ। 

लघु बित्त कम्पनीले असार १७ गतेबाट १०० रुपैयाँ दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कुल पुँजीको ०.५%ले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५%ले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त कम्पनीको साधारण शेयर ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने आवेदकको हात खालि हुने पक्का छ ।

आबेदन दिने संख्या-२०,३६,२४५ , शेयर प्राप्त गर्नेको संख्या-३६,३४५





सम्बन्धित समाचार