२५ असार २०७८, शुक्रबार   604 पटक हेरिएको


image

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । यस लघुवित्त संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३,९५,३३५ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

यस कम्पनीले शेयर निष्काशन तथा बिक्री गर्नको लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर सम्बन्धी कार्य गर्नको  लागि संस्था र क्यापिटल बीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।





सम्बन्धित समाचार