२४ असार २०७८, बिहीबार   435 पटक हेरिएको


image

मैलुङ खोला जलबिधुत कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर जारी गर्ने अनुमति पाएको छ।जलबिधुत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७,३६,२८६ कित्ता साधारण शेयरको ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको शेयर जारी गर्न अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले असार २३ गते साधारण शेयर निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।यस जलबिधुत कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार